नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ हजार १०० रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य घटेर प्रतितोला २ लाख ९४ हजार ४०० रुपैयाँ कायम भएको छ।
यसअघि आइतबार सुनको मूल्य प्रतितोला २ लाख ९६ हजार ५०० रुपैयाँ थियो। एकै दिनमा सुनको मूल्य घटेसँगै उपभोक्तालाई सुन खरिद गर्न केही सहज हुने देखिएको छ।
त्यस्तै, चाँदीको मूल्यमा पनि गिरावट आएको छ। सोमबार चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँले घटेर ४ हजार ४१५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
आइतबार चाँदी प्रतितोला ४ हजार ४४० रुपैयाँमा कारोबार भएको थियो।
यसरी सुन र चाँदी दुवैको मूल्य घटेपछि गहना खरिद गर्ने उपभोक्ता तथा सुनचाँदीको कारोबारमा संलग्न व्यवसायीहरूले बजारको मूल्य परिवर्तनलाई चासोका साथ हेरेका छन्।











एकैदिन तोलामा १३ हजार ३ सय रुपैयाँले बढ्यो सुनको मूल्य
युनिलिभर नेपालले सेयरधनीलाई प्रतिकित्ता १ हजार ५४० रुपैयाँ लाभांश दिने
सुनको मूल्य तोलामा ३ हजार २ सय रुपैयाँ घट्यो
तीन महिनामा नेपालको वैदेशिक व्यापार ४०.७१ प्रतिशतले बढ्यो, व्यापार घाटा पनि उकालो
टिप्पणीहरू
0 प्रकाशित टिप्पणीटिप्पणी र Like गर्न निःशुल्क सदस्य खाता आवश्यक छ।
खाता बनाउनुहोस्लगइन