बाराको पथलैयास्थित जंगलभित्रको झाडीमा एक जना पुरुष अचेत अवस्थामा फेला परेका छन्। उनको हालसम्म पहिचान खुल्न सकेको छैन।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार २०८३ साल कात्तिक १९ गते बिहान करिब १० बजे जीतपुरसिमरा उपमहानगरपालिका–१ स्थित पथलैया चोकबाट करिब एक किलोमिटर उत्तरतर्फ जंगलभित्रको झाडीमा ती पुरुष अचेत अवस्थामा भेटिएका हुन्।
करिब ४२ वर्ष उमेरका देखिने ती पुरुषलाई प्रहरी चौकी पथलैयाबाट खटिएको टोलीले उद्धार गरी उपचारका लागि वीरगन्जस्थित नारायणी न्युरो अस्पताल पठाएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार उनको वर्ण गहुँगोरो, उचाइ करिब ५ फिट ५ इन्च र कपाल कालो रहेको छ। फेला पर्दा उनले नीलो रङको जिन्सको हाफ पाइन्ट र खरानी रङको टी–सर्ट लगाएका थिए।
अचेत अवस्थामा भेटिएका ती पुरुषको पहिचान खुल्न नसकेपछि प्रहरीले उनलाई चिन्ने व्यक्ति तथा आफन्तलाई जिल्ला प्रहरी कार्यालय बारामा सम्पर्क गर्न अनुरोध गरेको छ।
उनको पहिचानबारे कुनै जानकारी भएमा प्रहरीको सम्पर्क नम्बर १००, ९८५५०४५१०१ वा ९८५५०४८१०१ मा जानकारी गराउन प्रहरीले आग्रह गरेको छ।











प्रमुख जिल्ला अधिकारीद्वारा कलैया प्रादेशिक अस्पताल अनुगमन
बारामा ट्रक र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते
बारामा श्रीमतीमाथि छुरा प्रहार गरी फरार भएका श्रीमान् वीरगन्जबाट पक्राउ
चेक अनादर मुद्दामा प्रसौनीका वडा अध्यक्ष बृजकिशोर कुशवाहा पक्राउ
टिप्पणीहरू
0 प्रकाशित टिप्पणीटिप्पणी र Like गर्न निःशुल्क सदस्य खाता आवश्यक छ।
खाता बनाउनुहोस्लगइन