कलैया । बाराको कलैयास्थित घण्टाघरलाई आकर्षक बनाउन जेनजी युवा सौरभ पाण्डेसहित स्थानीय युवाहरू जुटेका छन्। लामो स्म्मयदेखि घडी बिग्रिएर समय देखाउन नसकेको घडी मर्मत गर्ने पहलसँगै घण्टाघरलाई झिलिमिली बत्तीले सजाइएको छ।
रातको समयमा नीलो रङका बत्तीले घण्टाघर चम्किएपछि यसको दृश्य थप आकर्षक बनेको छ। घण्टाघरको संरचनामा बत्ती जडान गरी सौन्दर्य बढाउने प्रयास गरिएको हो। यस पहलले कलैयाको सार्वजनिक स्थललाई आकर्षक बनाउनुका साथै स्थानीय सम्पदाको संरक्षणमा युवाहरूको चासो पनि उजागर गरेको छ।
बिग्रिएको घडी सञ्चालनमा ल्याउने प्रयास
कलैयाको पहिचानसँग जोडिएको घण्टाघर लामो समयदेखि बिग्रिएको घडीका कारण चर्चामा रहँदै आएको छ। यसको बाहिरी साजसज्जासँगै घडी मर्मत गर्ने पहल अघि बढ्नुले स्थानीयमा पुनः सञ्चालनमा आउने अपेक्षा जगाएको छ।
जेनजी युवा सौरभ पाण्डेसहित स्थानीय युवाहरूको यस प्रयासले सार्वजनिक सम्पदाको संरक्षण र सौन्दर्य अभिवृद्धिमा नागरिकस्तरबाट पनि योगदान गर्न सकिने सन्देश दिएको छ। घण्टाघरलाई व्यवस्थित र आकर्षक बनाउँदै यसको नियमित मर्मतसम्भारमा सम्बन्धित निकायले समेत ध्यान दिनुपर्ने देखिन्छ।
घडी मर्मतको काम सम्पन्न भएपछि घण्टाघरले पुनः सही समय देखाउने अपेक्षा गरिएको छ। यसले कलैयाको पहिचानलाई थप जीवन्त बनाउने विश्वास स्थानीयले गरेका छन्।











प्रमुख जिल्ला अधिकारीद्वारा कलैया प्रादेशिक अस्पताल अनुगमन
बारामा ट्रक र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते
पथलैयाको जंगलमा अचेत अवस्थामा भेटिए ४२ वर्षीय पुरुष, पहिचान खुल्न सकेन
बारामा श्रीमतीमाथि छुरा प्रहार गरी फरार भएका श्रीमान् वीरगन्जबाट पक्राउ
टिप्पणीहरू
0 प्रकाशित टिप्पणीटिप्पणी र Like गर्न निःशुल्क सदस्य खाता आवश्यक छ।
खाता बनाउनुहोस्लगइन