बारा । बाराको कलैया उपमहानगरपालिका–९ का वडाध्यक्ष पुरुषोत्तम सिंह पाण्डेयको निधन भएको छ। उनको निधनप्रति शोक व्यक्त गर्दै कलैया उपमहानगरपालिकाले मंगलबार सार्वजनिक शोक बिदा दिने निर्णय गरेको छ।
उपमहानगरपालिकाले सोमबार सूचना जारी गर्दै असोज २७ गते मंगलबार नगर कार्यपालिकाको कार्यालय, मातहतका सबै वडा कार्यालय, शैक्षिक संस्था तथा स्वास्थ्य संस्थामा सार्वजनिक शोक बिदा रहने जनाएको छ।
वडाध्यक्ष पाण्डेयको सोमबार असोज २६ गते असामयिक निधन भएको खबरले उपमहानगरपालिका परिवार स्तब्ध र मर्माहत भएको सूचनामा उल्लेख छ।
नगर प्रमुख विनोदप्रसाद साहद्वारा जारी सूचनामा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरिएको छ।
वडाध्यक्ष पाण्डेयको निधनले स्थानीय तहमा अपूरणीय क्षति पुगेको भन्दै उपमहानगरपालिकाले दिवंगतप्रति श्रद्धाञ्जली अर्पण गरेको छ।










प्रमुख जिल्ला अधिकारीद्वारा कलैया प्रादेशिक अस्पताल अनुगमन
बारामा ट्रक र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते
पथलैयाको जंगलमा अचेत अवस्थामा भेटिए ४२ वर्षीय पुरुष, पहिचान खुल्न सकेन
बारामा श्रीमतीमाथि छुरा प्रहार गरी फरार भएका श्रीमान् वीरगन्जबाट पक्राउ
टिप्पणीहरू
0 प्रकाशित टिप्पणीटिप्पणी र Like गर्न निःशुल्क सदस्य खाता आवश्यक छ।
खाता बनाउनुहोस्लगइन