1KalaiyaOnlineतराइ-मधेशको ताजा समाचार...
तपाईंको शहर, तपाईंको समाचारKalaiyaOnline.Com · सत्य, तथ्य र निष्पक्ष समाचार
⚙️ व्यवस्थापन
सडक दुर्घटना

बारामा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु, श्रीमानसहित तीन जना घाइते

८०२पाठक संख्या
८वास्तविक शेयर
८७एङ्गेजमेन्ट स्कोरⓘ
अर्को अंकका लागि ८ views
समाचार सुन्नुहोस्

बारामा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु, श्रीमानसहित तीन जना घाइते

कलैया । बाराको सिम्रौनगढ नगरपालिका–९ बसवरियास्थित नहर सडकखण्डमा शनिबार साँझ मोटरसाइकलले साइकललाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

प्रहरीका अनुसार साँझ करिब ६ः४५ बजे सिम्रौनगढबाट कचोर्वातर्फ जाँदै गरेको भारतीय नम्बर प्लेटको मोटरसाइकल (बीआर ०५ एएफ ०१४०) ले सोही दिशातर्फ गइरहेको साइकललाई ठक्कर दिएको थियो। दुर्घटनामा साइकलमा सवार सिम्रौनगढ नगरपालिका–६ की ३७ वर्षीया रिजवना खातुन गम्भीर घाइते भएकी थिइन्। उनलाई प्रादेशिक अस्पताल कलैया पुर्‍याएपछि चिकित्सकले मृत घोषणा गरेका थिए।

साइकल चालक उनका श्रीमान् करिब ४० वर्षीय सबु मोहम्मद घाइते भएका छन्। टाउको र निधारमा चोट लागेका उनलाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि वीरगञ्जस्थित नारायणी न्युरो अस्पताल रिफर गरिएको छ।

मोटरसाइकल चालक सिम्रौनगढ नगरपालिका–६ का करिब २५ वर्षीय अजय महतो र सवार करिब २२ वर्षीय विवेक महतो पनि घाइते भएका छन्। उनीहरूलाई पनि उपचारका लागि नारायणी न्युरो अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

घटनापछि प्रहरी चौकी कचोर्वा र इलाका प्रहरी कार्यालय सिम्रौनगढको टोली घटनास्थल पुगेको थियो। दुर्घटनामा संलग्न मोटरसाइकल र साइकल प्रहरी नियन्त्रणमा छन्। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जम्मा 2 जनाको प्रतिक्रिया
अरुण कुमार साह
यस समाचारका रिपोर्टर

अरुण कुमार साह

संवाददाता

यस रिपोर्टरद्वारा प्रकाशित समाचार र रिपोर्टहरू हेर्नुहोस्।

📰 ७ प्रकाशित समाचार📍 कलैया, बारा
FacebookXYouTube
प्रोफाइल र सबै समाचार

टिप्पणीहरू

0 प्रकाशित टिप्पणी
अहिलेसम्म कुनै प्रकाशित टिप्पणी छैन।
EN