1KalaiyaOnlineतराइ-मधेशको ताजा समाचार...
तपाईंको शहर, तपाईंको समाचारKalaiyaOnline.Com · सत्य, तथ्य र निष्पक्ष समाचार
⚙️ व्यवस्थापन
रेल-दुर्घटना

स्पेनमा भीषण रेल दुर्घटना: दुई हाई-स्पीड ट्रेन ठोक्किँदा ६४ जनाको मृत्यु

६८०पाठक संख्या
३वास्तविक शेयर
७०एङ्गेजमेन्ट स्कोरⓘ
अर्को अंकका लागि १० views
समाचार सुन्नुहोस्

स्पेनमा भीषण रेल दुर्घटना: दुई हाई-स्पीड ट्रेन ठोक्किँदा ६४ जनाको मृत्यु

स्पेनमा दुई हाई-स्पीड रेल ठोक्किँदा ६४ जनाको मृत्यु

काठमाडौं । स्पेनको राजधानी म्याड्रिडको दक्षिणमा पर्ने उर्दा नजिकै दुई हाई-स्पीड रेल ठोक्किँदा कम्तीमा ६४ जनाको मृत्यु भएको छ। कास्तिया–ला मांचा क्षेत्रीय सरकारले दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या पुष्टि गरेको हो। दुवै रेलमा गरी ५४४ यात्रु सवार थिए।

दुर्घटनामा रेलका डिब्बाहरू लिकबाट खसेर क्षतिग्रस्त भएका छन्। घटनास्थलमा उद्धारकर्मी, एम्बुलेन्स र हेलिकप्टर परिचालन गरी घाइतेहरूको उद्धार भइरहेको छ। मृतकको सङ्ख्या अझै बढ्न सक्ने आशङ्का गरिएको छ।

दुर्घटनाको कारण आधिकारिक रूपमा पुष्टि भएको छैन। प्रारम्भिक विवरणअनुसार एउटा रेलले रोकिएको इर्यो रेललाई पछाडिबाट ठक्कर दिएको हुन सक्ने आशङ्का छ। दुर्घटनापछि म्याड्रिड, स्यूदाद रियल र आन्दालुसियाबीचको रेल सेवा स्थगित गरिएको छ। घाइतेको उपचारमा सहजता ल्याउन केही अस्पतालले निर्धारित शल्यक्रियासमेत स्थगित गरेका छन्।

स्पेनका प्रधानमन्त्री पेद्रो साञ्चेजले घटनाप्रति दुःख व्यक्त गर्दै पीडित परिवारप्रति समवेदना प्रकट गरेका छन्। दुर्घटनापछि अधिकांश राजनीतिक दलले आफ्ना सार्वजनिक तथा चुनावी कार्यक्रम स्थगित गरेका छन्। यसअघि गत जनवरीमा पनि स्पेनमा रेल दुर्घटना हुँदा ४६ जनाको मृत्यु भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जम्मा 1 जनाको प्रतिक्रिया
कलैया अनलाइन
यस समाचारका रिपोर्टर

कलैया अनलाइन

यस रिपोर्टरद्वारा प्रकाशित समाचार र रिपोर्टहरू हेर्नुहोस्।

📰 १२३ प्रकाशित समाचार
प्रोफाइल र सबै समाचार

टिप्पणीहरू

0 प्रकाशित टिप्पणी
अहिलेसम्म कुनै प्रकाशित टिप्पणी छैन।
EN