1KalaiyaOnlineतराइ-मधेशको ताजा समाचार...
तपाईंको शहर, तपाईंको समाचारKalaiyaOnline.Com · सत्य, तथ्य र निष्पक्ष समाचार
⚙️ व्यवस्थापन

अमेरिकामा ट्रम्पलाई ठूलो राजनीतिक झट्का, दुवै सदनमा डेमोक्रेटिक पार्टीको विजय

२०४पाठक संख्या
३वास्तविक शेयर
२२एङ्गेजमेन्ट स्कोरⓘ
अर्को अंकका लागि ६ views
समाचार सुन्नुहोस्

अमेरिकामा ट्रम्पलाई ठूलो राजनीतिक झट्का, दुवै सदनमा डेमोक्रेटिक पार्टीको विजय

अमेरिकामा सम्पन्न मध्यावधि निर्वाचनमा राष्ट्रपति डोनाल्ड ट्रम्पको रिपब्लिकन पार्टीले ठूलो पराजय व्यहोरेको छ। नोभेम्बर ३ मा सम्पन्न निर्वाचनमा विपक्षी डेमोक्रेटिक पार्टीले संसद्का दुवै सदन सिनेट र प्रतिनिधिसभामा बहुमत हासिल गर्दै ट्रम्प प्रशासनलाई ठूलो राजनीतिक धक्का दिएको छ।

निर्वाचन परिणामअनुसार डेमोक्रेटिक पार्टीले लामो समयदेखि रिपब्लिकनको प्रभाव रहेका विभिन्न राज्यमा समेत जित हासिल गरेको छ। विशेषगरी टेक्सासमा डेमोक्रेटिक उम्मेदवार जेम्स टालारिकोले सिनेटको निर्वाचन जितेका छन् भने जिना हिनोजोसाले गभर्नर पदमा विजय हासिल गरेकी छन्। टेक्सासमा सन् १९९४ यता डेमोक्रेटिक पार्टीले राज्यव्यापी निर्वाचनमा यस्तो सफलता हासिल गरेको थिएन।

त्यस्तै, कन्सास र साउथ क्यारोलिनाजस्ता परम्परागत रिपब्लिकन प्रभाव भएका राज्यमा समेत डेमोक्रेटिक उम्मेदवार विजयी भएका छन्। यस परिणामले अमेरिकी राजनीतिमा रिपब्लिकन पार्टीको पकड कमजोर बनेको संकेत गरेको छ।

निर्वाचनमा रिपब्लिकन पार्टीको पराजय हुनुमा बढ्दो महँगी, जीवनयापनको खर्च, इरानसँगको युद्ध तथा ट्रम्प प्रशासनका नीतिप्रति मतदाताको असन्तुष्टिलाई प्रमुख कारणका रूपमा हेरिएको छ। निर्वाचनअघि ट्रम्पले आफ्ना समर्थकलाई आफू नै उम्मेदवार भएजसरी मतदान गर्न आग्रह गरेका थिए। तर, उनले समर्थन गरेका केही प्रमुख उम्मेदवारसमेत पराजित भएका छन्।

निर्वाचन परिणाम सार्वजनिक भएपछि ट्रम्पले आफू निर्वाचनमा उम्मेदवार नभएको उल्लेख गर्दै आफू प्रतिस्पर्धामा रहेको भए रिपब्लिकन पार्टीले ठूलो अन्तरले जित्ने दाबी गरेका छन्। उनले डेमोक्रेटिक पार्टीसँग सहकार्य गर्ने बताए पनि आफूलाई अस्वीकार्य लाग्ने विधेयकमा भिटो प्रयोग गर्ने चेतावनी दिएका छन्।

नयाँ निर्वाचन परिणामपछि आगामी जनवरीदेखि अमेरिकी संसद्का दुवै सदनमा डेमोक्रेटिक पार्टीको नियन्त्रण हुनेछ। यसले ट्रम्प प्रशासनका आगामी नीति तथा विधेयक पारित गर्ने प्रक्रियामा चुनौती थप्नेछ। साथै, डेमोक्रेटिक पार्टीले ट्रम्प प्रशासनका गतिविधिमाथि संसदीय छानबिन र निगरानी बढाउन सक्नेछ।

अमेरिकामा मध्यावधि निर्वाचनलाई बहालवाला राष्ट्रपतिको कार्यशैली र नीतिप्रतिको जनमत परीक्षणका रूपमा समेत हेरिन्छ। त्यसैले यसपटकको परिणामलाई ट्रम्पको नेतृत्व र रिपब्लिकन पार्टीप्रति मतदाताले दिएको महत्वपूर्ण राजनीतिक सन्देशका रूपमा विश्लेषण गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जम्मा 2 जनाको प्रतिक्रिया
कलैया अनलाइन
यस समाचारका रिपोर्टर

कलैया अनलाइन

यस रिपोर्टरद्वारा प्रकाशित समाचार र रिपोर्टहरू हेर्नुहोस्।

📰 १२३ प्रकाशित समाचार
प्रोफाइल र सबै समाचार

टिप्पणीहरू

0 प्रकाशित टिप्पणी
अहिलेसम्म कुनै प्रकाशित टिप्पणी छैन।
EN