1KalaiyaOnlineतराइ-मधेशको ताजा समाचार...
तपाईंको शहर, तपाईंको समाचारKalaiyaOnline.Com · सत्य, तथ्य र निष्पक्ष समाचार
⚙️ व्यवस्थापन

पाकिस्तानमा पोलियो अभियानमा खटिएका दुई प्रहरीको गोली हानी हत्या

१२८पाठक संख्या
२वास्तविक शेयर
१३एङ्गेजमेन्ट स्कोरⓘ
अर्को अंकका लागि २ views
समाचार सुन्नुहोस्

पाकिस्तानमा पोलियो अभियानमा खटिएका दुई प्रहरीको गोली हानी हत्या
प्रतीकात्मक तस्बिर

पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तस्थित मोहम्मन्द जिल्लामा पोलियो खोप अभियानमा संलग्न स्वास्थ्यकर्मीको सुरक्षार्थ खटिएका दुई प्रहरीको गोली प्रहारबाट मृत्यु भएको छ। मंगलबार मोटरसाइकलमा आएका बन्दुकधारीले प्रहरी सवार गाडीमाथि आक्रमण गर्दा अर्का एक प्रहरी घाइते भएका छन्।

प्रहरीका अनुसार आक्रमणकारी घटनापछि फरार भएका छन्। घटनाको जिम्मेवारी कुनै समूहले लिएको छैन। पाकिस्तानमा यसअघि पनि पोलियो खोप अभियानमा खटिएका स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीमाथि आक्रमण हुँदै आएका छन्।

पाकिस्तानमा नोभेम्बर २ देखि सुरु भएको देशव्यापी पोलियो खोप अभियान नोभेम्बर ८ सम्म सञ्चालन हुनेछ। यस अभियानमार्फत ९७ उच्च जोखिमयुक्त जिल्लाका करिब दुई करोड ४० लाख बालबालिकालाई खोप लगाउने लक्ष्य राखिएको छ। सन् २०२६ मा पाकिस्तानमा हालसम्म आठ जनामा पोलियो संक्रमण पुष्टि भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।
कलैया अनलाइन
यस समाचारका रिपोर्टर

कलैया अनलाइन

यस रिपोर्टरद्वारा प्रकाशित समाचार र रिपोर्टहरू हेर्नुहोस्।

📰 १२३ प्रकाशित समाचार
प्रोफाइल र सबै समाचार

टिप्पणीहरू

0 प्रकाशित टिप्पणी
अहिलेसम्म कुनै प्रकाशित टिप्पणी छैन।
EN