1KalaiyaOnlineतराइ-मधेशको ताजा समाचार...
तपाईंको शहर, तपाईंको समाचारKalaiyaOnline.Com · सत्य, तथ्य र निष्पक्ष समाचार
⚙️ व्यवस्थापन

चेक अनादर मुद्दामा प्रसौनीका वडा अध्यक्ष बृजकिशोर कुशवाहा पक्राउ

२१६पाठक संख्या
५वास्तविक शेयर
२५एङ्गेजमेन्ट स्कोरⓘ
अर्को अंकका लागि ४ views
समाचार सुन्नुहोस्

चेक अनादर मुद्दामा प्रसौनीका वडा अध्यक्ष बृजकिशोर कुशवाहा पक्राउ

चेक अनादरसम्बन्धी मुद्दामा बाराको प्रसौनी गाउँपालिका–६ का वडा अध्यक्ष बृजकिशोर कुशवाहा पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको टोलीले उनलाई बुधबार कलैयाबाट नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेका अनुसार बारा जिल्ला अदालतको २०८३ कात्तिक १३ गतेको आदेशअनुसार कुशवाहालाई पक्राउ गरिएको हो।

कलैया उपमहानगरपालिका–२३ निवासी अनिलकुमार पटेलले उनीविरुद्ध चेक अनादरसम्बन्धी मुद्दा दर्ता गराएका थिए। उक्त मुद्दामा वादीको बिगो दाखिला गराउने प्रयोजनका लागि कुशवाहालाई पक्राउ गरी अदालतमा उपस्थित गराउन प्रहरीलाई पत्राचार गरिएको थियो।

अदालतको आदेशअनुसार पक्राउ परेका वडा अध्यक्ष कुशवाहालाई आवश्यक कानुनी प्रक्रिया पूरा गर्न अदालतमा उपस्थित गराइने प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।

टिप्पणीहरू

0 प्रकाशित टिप्पणी
अहिलेसम्म कुनै प्रकाशित टिप्पणी छैन।
EN