नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा उल्लेख्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला ३ हजार २०० रुपैयाँले घटेको हो। मूल्य घटेसँगै छापावाल सुनको भाउ प्रतितोला २ लाख ८० हजार ३०० रुपैयाँ कायम भएको छ।
बिहीबार सुन प्रतितोला २ लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। एकै दिनमा ३ हजार २०० रुपैयाँ घटेपछि सुन खरिद गर्ने उपभोक्तालाई केही राहत मिल्ने देखिएको छ। यद्यपि, सुनको मूल्यमा दैनिक उतारचढाव भइरहने भएकाले गहना खरिद गर्नुअघि सोही दिनको मूल्य बुझ्नु उपयुक्त हुन्छ।
सुनसँगै चाँदीको मूल्य पनि घटेको छ। महासंघले शुक्रबार चाँदीको मूल्य प्रतितोला १०५ रुपैयाँले घटाएर ३ हजार ८२५ रुपैयाँ कायम गरेको छ। अघिल्लो दिन बिहीबार चाँदी प्रतितोला ३ हजार ९३० रुपैयाँमा कारोबार भएको थियो।











एकैदिन तोलामा १३ हजार ३ सय रुपैयाँले बढ्यो सुनको मूल्य
युनिलिभर नेपालले सेयरधनीलाई प्रतिकित्ता १ हजार ५४० रुपैयाँ लाभांश दिने
तीन महिनामा नेपालको वैदेशिक व्यापार ४०.७१ प्रतिशतले बढ्यो, व्यापार घाटा पनि उकालो
दसैंपछि सुनको भाउमा ठूलो गिरावट
टिप्पणीहरू
0 प्रकाशित टिप्पणीटिप्पणी र Like गर्न निःशुल्क सदस्य खाता आवश्यक छ।
खाता बनाउनुहोस्लगइन