युनिलिभर नेपाल लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को नाफाबाट सेयरधनीलाई प्रतिकित्ता १ हजार ५४० रुपैयाँ लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
कम्पनीको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८२/८३ को लेखापरीक्षण सम्पन्न वार्षिक वित्तीय विवरण स्वीकृत गर्दै लाभांश वितरण गर्ने निर्णय गरेको हो।
लाभांश वितरणका लागि कम्पनीले आगामी मंसिर ९ गतेदेखि २३ गतेसम्म सेयरधनी दर्ता किताब बन्द गर्ने जनाएको छ। त्यसैले मंसिर ८ गतेसम्म सेयरधनीका रूपमा कायम रहेका लगानीकर्ताले मात्र प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्।
कम्पनीले प्रस्ताव गरेको लाभांश आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीलाई वितरण गरिनेछ।










एकैदिन तोलामा १३ हजार ३ सय रुपैयाँले बढ्यो सुनको मूल्य
सुनको मूल्य तोलामा ३ हजार २ सय रुपैयाँ घट्यो
तीन महिनामा नेपालको वैदेशिक व्यापार ४०.७१ प्रतिशतले बढ्यो, व्यापार घाटा पनि उकालो
टिप्पणीहरू
0 प्रकाशित टिप्पणीटिप्पणी र Like गर्न निःशुल्क सदस्य खाता आवश्यक छ।
खाता बनाउनुहोस्लगइन