चीनको तिब्बतस्थित सिजाङ स्वायत्त क्षेत्रमा ७.० म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। बिहीबार राति गएको भूकम्पको केन्द्रबिन्दु नागकु सहरको बाकेन काउन्टी आसपास रहेको जनाइएको छ।
चीनको भूकम्प नेटवर्क केन्द्रका अनुसार भूकम्प जमिनको सतहबाट करिब १० किलोमिटर गहिराइमा गएको थियो। यसको केन्द्र नागकु सहरबाट करिब ११५ किलोमिटर टाढा रहेको बताइएको छ।
भूकम्पको धक्का छिमेकी मुलुक भारत र म्यानमारसम्म महसुस गरिएको छ। भूकम्पबाट भएको सम्भावित मानवीय तथा भौतिक क्षतिबारे भने विस्तृत विवरण सार्वजनिक हुन बाँकी छ।











अमेरिकामा ट्रम्पलाई ठूलो राजनीतिक झट्का, दुवै सदनमा डेमोक्रेटिक पार्टीको विजय
पाकिस्तानमा पोलियो अभियानमा खटिएका दुई प्रहरीको गोली हानी हत्या
स्पेनमा भीषण रेल दुर्घटना: दुई हाई-स्पीड ट्रेन ठोक्किँदा ६४ जनाको मृत्यु
भारतमा कक्षा ११ की छात्राको बलात्कारपछि हत्या आरोपित प्रहरी मुठभेडमा मारिए
टिप्पणीहरू
0 प्रकाशित टिप्पणीटिप्पणी र Like गर्न निःशुल्क सदस्य खाता आवश्यक छ।
खाता बनाउनुहोस्लगइन