भारतको पश्चिम बंगालस्थित कोलकातामा दुर्गा पूजा पण्डालमा भएको भागदौडमा दुई बालबालिकासहित १९ जनाको ज्यान गएको छ। शनिबार साँझ भएको उक्त घटनामा अन्य २५ जना घाइते भएका छन्।
कोलकाताको चोरबागान क्षेत्रमा रहेको दुर्गा पूजा पण्डालमा अचानक भएको वर्षापछि मानिसहरू ओत लाग्न खोज्दा स्थिति अनियन्त्रित बनेको प्रारम्भिक विवरणले देखाएको छ।
प्रहरीका अनुसार शनिबार साँझ करिब ७ः४० बजे वर्षा सुरु भएपछि पण्डालबाहिर रहेका मानिसहरू पानीबाट जोगिन भित्र पस्न खोजेका थिए। एकैपटक ठूलो संख्यामा मानिसहरू प्रवेश गर्न खोज्दा भीडमा धकेलाधकेल भएको र त्यसले भागदौडको अवस्था सिर्जना गरेको बताइएको छ।
घटनामा १९ जनाको मृत्यु भएको र २५ जना घाइते भएको कोलकाता प्रहरीले पुष्टि गरेको छ। घाइतेहरूलाई उपचारका लागि अस्पताल लगिएको छ।
घटनापछि दुर्गा पूजा पण्डाल क्षेत्रमा त्रास फैलिएको छ। भारतीय सञ्चारमाध्यमहरूले मृतक तथा घाइतेको संख्या थप बढ्न सक्ने आशंका व्यक्त गरेका छन्। यद्यपि, यसबारे थप आधिकारिक पुष्टि हुन बाँकी छ।
चाडपर्वका बेला ठूलो संख्यामा मानिसहरू भेला हुने स्थानमा भीड व्यवस्थापन र आपत्कालीन सुरक्षाको व्यवस्था कति महत्त्वपूर्ण हुन्छ भन्ने कुरा यस घटनाले फेरि उजागर गरेको छ।











अमेरिकामा ट्रम्पलाई ठूलो राजनीतिक झट्का, दुवै सदनमा डेमोक्रेटिक पार्टीको विजय
पाकिस्तानमा पोलियो अभियानमा खटिएका दुई प्रहरीको गोली हानी हत्या
स्पेनमा भीषण रेल दुर्घटना: दुई हाई-स्पीड ट्रेन ठोक्किँदा ६४ जनाको मृत्यु
भारतमा कक्षा ११ की छात्राको बलात्कारपछि हत्या आरोपित प्रहरी मुठभेडमा मारिए
टिप्पणीहरू
0 प्रकाशित टिप्पणीटिप्पणी र Like गर्न निःशुल्क सदस्य खाता आवश्यक छ।
खाता बनाउनुहोस्लगइन