बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१५ डुमरवानास्थित सेजको खेतमा एक युवक मृत अवस्थामा फेला परेका छन्।
मृत्यु हुनेमा ३० वर्षीय वीरेन्द्र माझी रहेका छन्। उनी ट्र्याक्टर चालकका रूपमा काम गर्दै आएका थिए।
प्राप्त विवरणअनुसार माझी शुक्रबार साँझ घरबाट निस्किएका थिए। तर उनी घर नफर्किएपछि शनिबार बिहान खेतमा काम गर्न गएका स्थानीय बासिन्दाले सेजको खेतमा रहेको कुलोमा उनको शव देखेका थिए। त्यसपछि उनीहरूले प्रहरीलाई घटनाबारे जानकारी गराएका थिए।
घटनास्थलमा नयाँ कपडासहितको एउटा झोलासमेत फेला परेको प्रहरीले जनाएको छ।
घटनाबारे जानकारी पाएपछि प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको छ। मृतक माझीको शव परीक्षणका लागि प्रादेशिक अस्पताल कलैया पठाइएको इलाका प्रहरी कार्यालय सिमराका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) दयाकृष्ण भट्टले जानकारी दिएका छन्।











सिमरामा जुवा खेलिरहेको अवस्थामा आठ जना पक्राउ, ७६ हजारभन्दा बढी रकम बरामद
प्रमुख जिल्ला अधिकारीद्वारा कलैया प्रादेशिक अस्पताल अनुगमन
बारामा ट्रक र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते
पथलैयाको जंगलमा अचेत अवस्थामा भेटिए ४२ वर्षीय पुरुष, पहिचान खुल्न सकेन
टिप्पणीहरू
0 प्रकाशित टिप्पणीटिप्पणी र Like गर्न निःशुल्क सदस्य खाता आवश्यक छ।
खाता बनाउनुहोस्लगइन