1KalaiyaOnlineतराइ-मधेशको ताजा समाचार...
तपाईंको शहर, तपाईंको समाचारKalaiyaOnline.Com · सत्य, तथ्य र निष्पक्ष समाचार
⚙️ व्यवस्थापन

नागढुंगा सुरुङमार्ग प्रयोग गर्दा कात्तिक १५ देखि शुल्क लाग्ने, कुन गाडीलाई कति?

३४८पाठक संख्या
३वास्तविक शेयर
३६एङ्गेजमेन्ट स्कोरⓘ
अर्को अंकका लागि २ views
समाचार सुन्नुहोस्

नागढुंगा सुरुङमार्ग प्रयोग गर्दा कात्तिक १५ देखि शुल्क लाग्ने, कुन गाडीलाई कति?

काठमाडौं । नागढुंगा–सिस्नेखोला सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट आगामी कात्तिक १५ गतेदेखि शुल्क उठाइने भएको छ। आयोजनाका अनुसार सवारीसाधनको प्रकार र काठमाडौं प्रवेश गर्ने वा बाहिरिने दिशाका आधारमा ६० देखि ६०० रुपैयाँसम्म शुल्क लाग्नेछ।

कार, भ्यान, पिकअप, माइक्रोबस र अन्य हलुका सवारीसाधनले काठमाडौं प्रवेश गर्दा ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ तिर्नुपर्नेछ। मिनिबस र मिनिट्रकका लागि क्रमशः ११५ र ८० रुपैयाँ तथा बस र ट्रकका लागि २६० र २०० रुपैयाँ शुल्क तोकिएको छ। मल्टी एक्सल ट्रक तथा भारी उपकरणले काठमाडौं प्रवेश गर्दा ६०० र बाहिरिँदा २५० रुपैयाँ तिर्नुपर्नेछ।

आयोजनाका अनुसार उपत्यका प्रवेश गर्दा उकालो पर्ने भएकाले इन्धन खपत बढी हुने आधारमा शुल्क फरक निर्धारण गरिएको हो। सुरुङमार्गमा पैदलयात्री, मोटरसाइकल, तीनपांग्रे सवारी तथा पेट्रोल, डिजेल, ग्यासजस्ता अत्यधिक प्रज्वलनशील पदार्थ र विस्फोटक सामग्री बोकेका सवारीसाधनलाई प्रवेश अनुमति दिइने छैन।

विज्ञप्ति तथा आधिकारिक कागजात

विज्ञप्ति तथा आधिकारिक कागजात

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जम्मा 1 जनाको प्रतिक्रिया
कलैया अनलाइन
यस समाचारका रिपोर्टर

कलैया अनलाइन

यस रिपोर्टरद्वारा प्रकाशित समाचार र रिपोर्टहरू हेर्नुहोस्।

📰 १२४ प्रकाशित समाचार
प्रोफाइल र सबै समाचार

टिप्पणीहरू

0 प्रकाशित टिप्पणी
अहिलेसम्म कुनै प्रकाशित टिप्पणी छैन।
EN