बारा । सर्लाहीको ईश्वरपुर नगरपालिका–१२ स्थित पूर्व–पश्चिम राजमार्गमा यात्रुवाहक ईभी भ्यान र साबुन बनाउन प्रयोग हुने रसायन बोकेको ट्रक एकआपसमा ठोक्किँदा बाराका १२ जना घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ।
प्राप्त विवरणअनुसार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको म.प्र.–०४–००१ ज ००५७ नम्बरको ईभी भ्यान र विपरीत दिशाबाट आउँदै गरेको प्र.१–०२–००२ ख १३२४ नम्बरको ट्रक ठोक्किएका हुन्। दुर्घटनामा घाइते भएका सबै १२ जना बारा जिल्लाका बासिन्दा रहेको जनाइएको छ।
दुर्घटनामा सुवर्ण गाउँपालिका–४ का ३७ वर्षीय रञ्जित राम गम्भीर घाइते भएका छन्। उनलाई थप उपचारका लागि बारास्थित एलएस न्युरो अस्पताल पठाइएको छ। ईभी चालक महागढीमाई नगरपालिका–६ का ४१ वर्षीय कामेश्वर सहनी, सुवर्ण गाउँपालिका–४ का ४५ वर्षीय भवन राम र कलैया उपमहानगरपालिका–२६ का ३७ वर्षीय उमेश रामको अवस्था मध्यम रहेको छ।
त्यस्तै, महागढीमाई नगरपालिका–९ का ४८ वर्षीय राजेन्द्र राम, सुवर्ण गाउँपालिका–४ का ४० वर्षीय राजदेव राम र विनोद राम, ४७ वर्षीय रुदल राम, सुवर्ण गाउँपालिका–७ का ६३ वर्षीय हरिहर राम, कलैया उपमहानगरपालिका–२६ का ३७ वर्षीय नन्दन राम, पचरौता नगरपालिका–७ का ५५ वर्षीय रामसन्देय राम र सिम्रौनगढ गाउँपालिका–४ का ४० वर्षीय नवलकिशोर राम सामान्य घाइते भएका छन्।
घाइतेहरूलाई उपचारका लागि सर्लाहीको लालबन्दीस्थित मोडल अस्पताल लगिएको थियो। दुर्घटनापछि ट्रक चालक मोरङको बूढीगंगा गाउँपालिका–४, क्याम्पसचोकका करिब ३५ वर्षीय विष्णुप्रसाद चौलागाईंलाई प्रहरीले नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय केशरगञ्ज पठाएको छ।
दुर्घटनामा संलग्न दुवै सवारीसाधनलाई प्रहरी चौकी फूलजोरमा ल्याउने प्रक्रिया अघि बढाइएको छ। दुर्घटनाका कारण पूर्व–पश्चिम राजमार्गमा यातायात अवरुद्ध नभएको जनाइएको छ।











प्रमुख जिल्ला अधिकारीद्वारा कलैया प्रादेशिक अस्पताल अनुगमन
बारामा ट्रक र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते
पथलैयाको जंगलमा अचेत अवस्थामा भेटिए ४२ वर्षीय पुरुष, पहिचान खुल्न सकेन
बारामा श्रीमतीमाथि छुरा प्रहार गरी फरार भएका श्रीमान् वीरगन्जबाट पक्राउ
टिप्पणीहरू
0 प्रकाशित टिप्पणीटिप्पणी र Like गर्न निःशुल्क सदस्य खाता आवश्यक छ।
खाता बनाउनुहोस्लगइन