काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विज्ञान, प्रविधि तथा नवप्रवर्तन क्षेत्रको विकास र प्रवर्द्धनलाई प्रभावकारी बनाउने उद्देश्यले दुईवटा अध्यादेश जारी गरेका छन्।
नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम शुक्रबार अध्यादेश जारी गरेका हुन्। राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता धर्मराज गैरेले यसको जानकारी दिएका छन्।
जारी भएका अध्यादेशमा नेपाल विज्ञान, प्रविधि तथा नवप्रवर्तन प्रज्ञा–प्रतिष्ठान अध्यादेश, २०८३ र विज्ञान, प्रविधि तथा नवप्रवर्तन अध्यादेश, २०८३ रहेका छन्।
यी कानुनी व्यवस्थामार्फत देशभित्र वैज्ञानिक अनुसन्धान, नयाँ प्रविधिको विकास र नवप्रवर्तनसम्बन्धी कामलाई समन्वित तथा प्रभावकारी रूपमा अघि बढाउने सरकारको लक्ष्य छ।
सरकारले अनुसन्धानमूलक संस्था र प्रज्ञा–प्रतिष्ठानलाई स्वायत्त तथा आधुनिक संरचनामा सञ्चालन गर्न आवश्यक कानुनी आधार तयार पार्ने प्रक्रिया अघि बढाएको थियो। यससँगै विज्ञान तथा प्रविधिसम्बन्धी निकायमा विज्ञ पदाधिकारी नियुक्त गर्ने प्रक्रिया पनि अघि बढाइएको सरकारी विवरणमा उल्लेख छ।
नयाँ व्यवस्थाले उच्च शिक्षा र अनुसन्धानलाई प्रविधि विकास, नवप्रवर्तन तथा बौद्धिक सम्पत्तिसँग जोड्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। साथै, वैज्ञानिक जनशक्ति विकास र अनुसन्धान संस्थाहरूको संस्थागत क्षमता अभिवृद्धिमा समेत यसले टेवा पुर्याउने विश्वास लिइएको छ।
संसद्को अधिवेशन नरहेको अवस्थामा आवश्यक कानुनी व्यवस्था गर्न अध्यादेश जारी गरिएको हो। राष्ट्रपतिबाट जारी भएसँगै यी अध्यादेश तत्काल लागू भएका छन्।











हुम्लामा ४.२ म्याग्निच्युडको भूकम्प
धनतेरससँगै सुरु भयो तिहार, यसपालि ६ दिन मनाइँदै
बर्खास्तीको निर्णयविरुद्ध पूर्वआईजीपी दानबहादुर कार्की सर्वोच्च अदालतमा
अब कन्टेन्ट क्रिएटर र इन्फ्लुयन्सरलाई पनि पत्रकार आचारसंहिता लागू हुने
टिप्पणीहरू
0 प्रकाशित टिप्पणीटिप्पणी र Like गर्न निःशुल्क सदस्य खाता आवश्यक छ।
खाता बनाउनुहोस्लगइन