1KalaiyaOnlineतराइ-मधेशको ताजा समाचार...
तपाईंको शहर, तपाईंको समाचारKalaiyaOnline.Com · सत्य, तथ्य र निष्पक्ष समाचार
⚙️ व्यवस्थापन

साउदीमा ड्रोनको भग्नावशेष लागेर नेपालीसहित दुई विदेशीको मृत्यु

२४६पाठक संख्या
२वास्तविक शेयर
२५एङ्गेजमेन्ट स्कोरⓘ
अर्को अंकका लागि ४ views
समाचार सुन्नुहोस्

साउदीमा ड्रोनको भग्नावशेष लागेर नेपालीसहित दुई विदेशीको मृत्यु

साउदी अरबको पूर्वी क्षेत्रमा रहेको सायबाह तेल खानीमा ड्रोनलाई हवाई प्रतिरक्षा प्रणालीले निष्क्रिय पारेपछि खसेको भग्नावशेष लागेर एक नेपालीसहित दुई विदेशी नागरिकको मृत्यु भएको छ। घटनामा एक भारतीय र एक पाकिस्तानी नागरिक घाइते भएका छन्। 

साउदी ऊर्जा मन्त्रालयका अनुसार बुधबार बिहान साउदी अरामकोको तेल प्रशोधन केन्द्रलाई लक्षित गरी आएको ड्रोनलाई आकाशमै निष्क्रिय पारिएको थियो। त्यस क्रममा खसेको भग्नावशेषले तेल खानीको बाहिरी क्षेत्रमा रहेको ठेकेदार कम्पनीको गाडीमा आगलागी भएको थियो।

मृत्यु हुनेमा नेपाली र फिलिपिन्सका नागरिक रहेका छन्। घटनाबाट तेल खानीको नियमित सञ्चालनमा भने असर नपरेको साउदी अधिकारीहरूले जनाएका छन्। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जम्मा 2 जनाको प्रतिक्रिया
कलैया अनलाइन
यस समाचारका रिपोर्टर

कलैया अनलाइन

यस रिपोर्टरद्वारा प्रकाशित समाचार र रिपोर्टहरू हेर्नुहोस्।

📰 १२३ प्रकाशित समाचार
प्रोफाइल र सबै समाचार

टिप्पणीहरू

0 प्रकाशित टिप्पणी
अहिलेसम्म कुनै प्रकाशित टिप्पणी छैन।
EN