आगामी कात्तिक ११ गतेदेखि नेपालमा मौसम सक्रिय हुने सम्भावना रहेको भन्दै जल तथा मौसम विज्ञान विभागले सतर्क रहन आग्रह गरेको छ।
विभागका अनुसार दक्षिणपूर्वी बंगालको खाडीमा विकसित न्यून चापीय क्षेत्र क्रमशः शक्तिशाली बन्दै जाने अनुमान छ। यो प्रणाली कात्तिक ९ गतेसम्म चक्रवातमा परिणत भएर पश्चिम–उत्तरपश्चिम दिशातर्फ सर्दै भारतको उत्तरी आन्ध्र प्रदेश र दक्षिण ओडिशा आसपासको तटमा प्रवेश गर्न सक्ने सम्भावना छ।
यसको प्रभावले कात्तिक ११ देखि १५ गतेसम्म नेपालको मौसममा असर पर्न सक्ने विभागले जनाएको छ। यद्यपि, नेपालमा कति वर्षा हुन्छ र कुन क्षेत्रमा बढी असर पर्छ भन्नेबारे अहिले नै यकिन भइसकेको छैन।
सम्भावित मौसम परिवर्तनले कृषि र पर्यटन क्षेत्रमा असर पार्न सक्ने भएकाले सम्बन्धित निकाय तथा सर्वसाधारणलाई सतर्क रहन विभागले आग्रह गरेको छ। मौसमसम्बन्धी पछिल्लो सूचना र आधिकारिक पूर्वानुमानमा ध्यान दिन पनि आवश्यक छ।












हुम्लामा ४.२ म्याग्निच्युडको भूकम्प
धनतेरससँगै सुरु भयो तिहार, यसपालि ६ दिन मनाइँदै
बर्खास्तीको निर्णयविरुद्ध पूर्वआईजीपी दानबहादुर कार्की सर्वोच्च अदालतमा
अब कन्टेन्ट क्रिएटर र इन्फ्लुयन्सरलाई पनि पत्रकार आचारसंहिता लागू हुने
टिप्पणीहरू
0 प्रकाशित टिप्पणीटिप्पणी र Like गर्न निःशुल्क सदस्य खाता आवश्यक छ।
खाता बनाउनुहोस्लगइन