1KalaiyaOnlineतराइ-मधेशको ताजा समाचार...
तपाईंको शहर, तपाईंको समाचारKalaiyaOnline.Com · सत्य, तथ्य र निष्पक्ष समाचार
⚙️ व्यवस्थापन

देश अन्योलमा छ, पूर्वराजा ज्ञानेन्द्र शाहले उठाए राजनीतिक र आर्थिक अवस्थामाथि प्रश्न

२५६पाठक संख्या
२वास्तविक शेयर
२६एङ्गेजमेन्ट स्कोरⓘ
अर्को अंकका लागि ४ views
समाचार सुन्नुहोस्

देश अन्योलमा छ, पूर्वराजा ज्ञानेन्द्र शाहले उठाए राजनीतिक र आर्थिक अवस्थामाथि प्रश्न

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले देशको वर्तमान राजनीतिक, संवैधानिक, न्यायिक र आर्थिक अवस्थाप्रति चिन्ता व्यक्त गरेका छन्। बडादसैँ २०८३ को शुभकामना सन्देश जारी गर्दै उनले देशका विभिन्न क्षेत्र अन्योल र अलमलमा रहेको टिप्पणी गरेका हुन्।

निर्मल निवासस्थित संवाद सचिवालयमार्फत सार्वजनिक गरिएको सन्देशमा शाहले यस वर्ष प्राकृतिक विपत्तिका कारण नेपालीले ठूलो क्षति बेहोर्नुपरेको उल्लेख गरेका छन्। भोटेकोशीमा आएको बाढी र असोजमा परेको अविरल वर्षाका कारण भएको जनधनको क्षतिप्रति उनले दुःख व्यक्त गरेका छन्।

बाढीबाट क्षति पुगेका भौतिक संरचनाको पुनर्निर्माण र प्रभावित नागरिकको पुनःस्थापनालाई सरकारले प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ छ। विपद्का बेला बाह्य सहयोग लिन सकिने भए पनि त्यस क्रममा नेपालको राष्ट्रिय स्वाभिमान र स्थानीय परम्पराको संरक्षणमा ध्यान दिनुपर्ने उनले बताएका छन्।

देशको राजनीतिक, प्रशासनिक, सामाजिक तथा व्यावसायिक क्षेत्रमा देखिएको अन्योल हटाउन लोकतान्त्रिक प्रक्रिया बलियो बनाउनुपर्नेमा पनि उनले जोड दिएका छन्। देशको अर्थतन्त्रलाई कसरी सुधार्ने र राज्य प्रणालीलाई प्रभावकारी बनाउने भन्ने विषयमा गम्भीर रूपमा सोच्नुपर्ने उनको सन्देश छ।

शाहले राज्य सञ्चालनमा आएको नयाँ पुस्ताले देशवासीको जीवनमा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा पनि व्यक्त गरेका छन्। देशलाई विभाजनभन्दा एकता, परनिर्भरताभन्दा आत्मनिर्भरता र कमजोरीभन्दा सबलतातर्फ अघि बढाउन सबैले योगदान दिनुपर्ने उनले बताएका छन्।

दसैँको अवसरमा शुभकामना दिँदै उनले नेपाली समाजमा सद्भाव, करुणा र देशभक्तिको भावना अझ बलियो बन्ने विश्वास व्यक्त गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।
कलैया अनलाइन
यस समाचारका रिपोर्टर

कलैया अनलाइन

यस रिपोर्टरद्वारा प्रकाशित समाचार र रिपोर्टहरू हेर्नुहोस्।

📰 १२४ प्रकाशित समाचार
प्रोफाइल र सबै समाचार

टिप्पणीहरू

0 प्रकाशित टिप्पणी
अहिलेसम्म कुनै प्रकाशित टिप्पणी छैन।
EN