1KalaiyaOnlineतराइ-मधेशको ताजा समाचार...
तपाईंको शहर, तपाईंको समाचारKalaiyaOnline.Com · सत्य, तथ्य र निष्पक्ष समाचार
⚙️ व्यवस्थापन
क्यान्डिडेट क्लब

निर्दलीय स्थानीय तहको वकालत गर्ने रास्वपाको ‘क्यान्डिडेट क्लब’ जनतामाथिको धोका हो : प्रभु साह

३१६पाठक संख्या
३वास्तविक शेयर
३३एङ्गेजमेन्ट स्कोरⓘ
अर्को अंकका लागि ४ views
समाचार सुन्नुहोस्

निर्दलीय स्थानीय तहको वकालत गर्ने रास्वपाको ‘क्यान्डिडेट क्लब’ जनतामाथिको धोका हो : प्रभु साह

वीरगन्ज । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले स्थानीय तहको निर्वाचन निर्दलीय हुनुपर्ने वकालत गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीगत रूपमा ‘क्यान्डिडेट क्लब’ सञ्चालन गर्नु विरोधाभासपूर्ण भएको टिप्पणी गरेका छन्।

शनिबार वीरगन्जमा आयोजित आजपा मधेश प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्दै साहले स्थानीय तहलाई निर्दलीय बनाउने प्रतिबद्धता जनाउने तर पार्टीबाट उम्मेदवार छनोट गर्ने अभ्यास गर्नु जनताप्रतिको धोका भएको बताए।

‘स्थानीय तहलाई निर्दलीय बनाउँछु भनेर भोट लिनेहरूले कुन नैतिकताले क्यान्डिडेट क्लब जन्माएका हुन्?’ भन्दै उनले रास्वपाको यस्तो अभ्यासले जनतासामु गरिएका प्रतिबद्धतामाथि प्रश्न उठाएको बताए।

यसअघि रास्वपा सभापति रवि लामिछानेसहितका नेताहरूले स्थानीय तहको निर्वाचन निर्दलीय हुनुपर्ने विषयमा बहस गर्दै आएका थिए। तर निर्वाचन घोषणा हुनुअघि नै पार्टीले ‘क्यान्डिडेट क्लब’ मार्फत उम्मेदवार छनोट प्रक्रिया अघि बढाएको भन्दै साहले आलोचना गरेका हुन्।

आजपा मधेश प्रदेशका अध्यक्ष उमेश कुशवाहाको अध्यक्षतामा बसेको बैठकमा पार्टीका उपाध्यक्ष एवं मधेश प्रदेश इन्चार्ज आत्माराम साह, महासचिव त्रिभुवन साह, मौलापुरकी मेयर रिनाकुमारी साह, उपमहासचिव लालबाबु मन्सुरी र रन्जुकुमारी साह, प्रवक्ता सुभाष साह, सचिवहरू ठागा दास, विजय यादव र रामनाथ माझीलगायत प्रदेश कमिटीका पदाधिकारी तथा सदस्यहरूको सहभागिता रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।
कलैया अनलाइन
यस समाचारका रिपोर्टर

कलैया अनलाइन

यस रिपोर्टरद्वारा प्रकाशित समाचार र रिपोर्टहरू हेर्नुहोस्।

📰 १२४ प्रकाशित समाचार
प्रोफाइल र सबै समाचार

टिप्पणीहरू

0 प्रकाशित टिप्पणी
अहिलेसम्म कुनै प्रकाशित टिप्पणी छैन।
EN