1KalaiyaOnlineतराइ-मधेशको ताजा समाचार...
तपाईंको शहर, तपाईंको समाचारKalaiyaOnline.Com · सत्य, तथ्य र निष्पक्ष समाचार
⚙️ व्यवस्थापन

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबुको अग्रता कायमै, महिलातर्फ प्रतिमा अगाडि

३३२पाठक संख्या
१वास्तविक शेयर
३३एङ्गेजमेन्ट स्कोरⓘ
अर्को अंकका लागि ८ views
समाचार सुन्नुहोस्

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबुको अग्रता कायमै, महिलातर्फ प्रतिमा अगाडि

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री पदको मतगणनामा खुलातर्फ रामहरि खतिवडा र अजयबाबु शिवाकोटीले अग्रता कायम राखेका छन्। महिलातर्फ प्रतिमा गौतमले फराकिलो अग्रता बनाएकी छन्।

खुलातर्फ सहमहामन्त्रीका दुई पदका लागि नौ जना उम्मेदवारबीच प्रतिस्पर्धा भइरहेको छ। हालसम्म गणना भएका २ हजार ४९१ मतमध्ये रामहरि खतिवडाले १ हजार १२५ मत प्राप्त गर्दै पहिलो स्थानमा रहेका छन्। अजयबाबु शिवाकोटी ८०६ मतसहित दोस्रो स्थानमा छन्।

त्यस्तै, डिल्लीराम सुवेदीले ६१० मत प्राप्त गरेका छन् भने देवेन्द्रराज कँडेलले ५२४ र विकास कोइरालाले ४१५ मत पाएका छन्। राजीव ढुंगानाले ३७४, रमेशप्रसाद धमलाले २९३, अमृतकुमार अर्यालले २७२ र विमलराज क्षेत्रीले ९९ मत प्राप्त गरेका छन्।

यसैगरी, महिला सहमहामन्त्री पदको मतगणनामा प्रतिमा गौतमले अग्रता कायम राखेकी छन्। गणना भएका २ हजार ४९० मतमध्ये गौतमले १ हजार ६७८ मत प्राप्त गरेकी छन्। उनकी प्रतिस्पर्धी नानू बास्तोलाले ४७९ मत पाएकी छन्।

मतगणना जारी रहेकाले अन्तिम नतिजाका लागि थप प्रतीक्षा गर्नुपर्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।
कलैया अनलाइन
यस समाचारका रिपोर्टर

कलैया अनलाइन

यस रिपोर्टरद्वारा प्रकाशित समाचार र रिपोर्टहरू हेर्नुहोस्।

📰 १२३ प्रकाशित समाचार
प्रोफाइल र सबै समाचार

टिप्पणीहरू

0 प्रकाशित टिप्पणी
अहिलेसम्म कुनै प्रकाशित टिप्पणी छैन।
EN