1KalaiyaOnlineतराइ-मधेशको ताजा समाचार...
तपाईंको शहर, तपाईंको समाचारKalaiyaOnline.Com · सत्य, तथ्य र निष्पक्ष समाचार
⚙️ व्यवस्थापन

बारामा अवैध मदिरा भट्टीमा प्रहरीको कारबाही, ५ हजार लिटर घरेलु मदिरा नष्ट

४००पाठक संख्या
३वास्तविक शेयर
४२एङ्गेजमेन्ट स्कोरⓘ
अर्को अंकका लागि १० views
समाचार सुन्नुहोस्

बारामा अवैध मदिरा भट्टीमा प्रहरीको कारबाही, ५ हजार लिटर घरेलु मदिरा नष्ट
जिल्ला प्रहरी कार्यालय, बारा

बाराको महागढीमाई नगरपालिकाका विभिन्न स्थानमा अवैध रूपमा सञ्चालन भइरहेका घरेलु मदिरा उत्पादन गर्ने भट्टी प्रहरीले नष्ट गरेको छ। प्रहरीले करिब ५ हजार लिटर तयारी घरेलु मदिरासमेत नष्ट गरेको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार बुधबार बिहान करिब १० बजे महागढीमाई नगरपालिका–३ र १० नम्बर वडाका विभिन्न स्थानमा अवैध मदिरा उत्पादन भइरहेको सूचनापछि प्रहरी टोली परिचालन गरिएको थियो।

प्रहरी चौकी गञ्जभवानीपुरका प्रहरी नायब निरीक्षक बहादुरप्रसाद यादवको कमान्डमा खटिएको चार सदस्यीय टोलीले विभिन्न स्थानमा रहेका मदिरा उत्पादन गर्ने भट्टीहरू नष्ट गरेको हो।

प्रहरी टोलीले बिहान १०ः५० बजे आवश्यक कारबाही सम्पन्न गरी प्रहरी चौकी फर्किएको जनाएको छ। अवैध मदिरा उत्पादन तथा बिक्री वितरण नियन्त्रण गर्ने उद्देश्यले उक्त अभियान सञ्चालन गरिएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जम्मा 1 जनाको प्रतिक्रिया
कलैया अनलाइन
यस समाचारका रिपोर्टर

कलैया अनलाइन

यस रिपोर्टरद्वारा प्रकाशित समाचार र रिपोर्टहरू हेर्नुहोस्।

📰 १२३ प्रकाशित समाचार
प्रोफाइल र सबै समाचार

टिप्पणीहरू

0 प्रकाशित टिप्पणी
अहिलेसम्म कुनै प्रकाशित टिप्पणी छैन।
EN