पर्साको विन्दवासिनी गाउँपालिका–५ प्रसौनीभाठाबाट सशस्त्र प्रहरीले पेस्तोल, गोली र छुरासहित दुई जनालाई पक्राउ गरेको छ।
सोमबार सशस्त्र प्रहरी बल नेपाल, बोर्डर आउट पोस्ट प्रसौनीभाठाबाट खटिएको टोलीले नियमित जाँचका क्रममा भारतीय नम्बर प्लेटको मोटरसाइकलमा सवार दुई जनालाई शङ्का लागेर जाँच गरेको थियो। त्यस क्रममा उनीहरूले बोकेको झोलाभित्र कपडाले लुकाएर राखिएको अवस्थामा हतियार तथा अन्य सामग्री फेला परेको सशस्त्र प्रहरीले जनाएको छ।
प्रहरीले उनीहरूको साथबाट एक थान डोमी पेस्तोल, ६ राउन्ड डोमी गोली, तीन थान छुरा, नेपाली रुपैयाँ ९ हजार ४००, भारतीय रुपैयाँ २२ हजार ४०, दुई थान भिभो मोबाइल र विभिन्न किसिमका औषधि बरामद गरेको छ।
पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया अघि बढाइएको सशस्त्र प्रहरीले जनाएको छ।











हुम्लामा ४.२ म्याग्निच्युडको भूकम्प
धनतेरससँगै सुरु भयो तिहार, यसपालि ६ दिन मनाइँदै
बर्खास्तीको निर्णयविरुद्ध पूर्वआईजीपी दानबहादुर कार्की सर्वोच्च अदालतमा
अब कन्टेन्ट क्रिएटर र इन्फ्लुयन्सरलाई पनि पत्रकार आचारसंहिता लागू हुने
टिप्पणीहरू
0 प्रकाशित टिप्पणीटिप्पणी र Like गर्न निःशुल्क सदस्य खाता आवश्यक छ।
खाता बनाउनुहोस्लगइन