बारा । पर्सामा मोटरसाइकल चोरी गर्ने क्रममा बाराका एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा बारा जिल्लाको निजगढ नगरपालिका–११ निवासी २७ वर्षीय राकेश चौधरी रहेका छन्।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार वीरगञ्ज महानगरपालिका–२४ रामगढवाका ३० वर्षीय विकासकुमार कुशवाहाको नाममा दर्ता रहेको मधेश प्रदेश ०३–०३५ प ७१७५ नम्बरको २२० सीसीको रातो–कालो पल्सर मोटरसाइकल चोरी गर्ने क्रममा चौधरी पक्राउ परेका हुन्।
वीरगञ्ज महानगरपालिका–१६ स्थित लिंकरोड सडकखण्डको छेउमा पार्किङ गरेर राखिएको मोटरसाइकलको लक तोडेर डोर्याउँदै भाग्ने क्रममा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार आइतबार बिहान वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहरी टोलीले मोटरसाइकलसहित चौधरीलाई पक्राउ गरेको हो। पक्राउ परेका चौधरीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।











प्रमुख जिल्ला अधिकारीद्वारा कलैया प्रादेशिक अस्पताल अनुगमन
बारामा ट्रक र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते
पथलैयाको जंगलमा अचेत अवस्थामा भेटिए ४२ वर्षीय पुरुष, पहिचान खुल्न सकेन
बारामा श्रीमतीमाथि छुरा प्रहार गरी फरार भएका श्रीमान् वीरगन्जबाट पक्राउ
टिप्पणीहरू
0 प्रकाशित टिप्पणीटिप्पणी र Like गर्न निःशुल्क सदस्य खाता आवश्यक छ।
खाता बनाउनुहोस्लगइन