1KalaiyaOnlineतराइ-मधेशको ताजा समाचार...
तपाईंको शहर, तपाईंको समाचारKalaiyaOnline.Com · सत्य, तथ्य र निष्पक्ष समाचार
⚙️ व्यवस्थापन
कांग्रेसको पर्वोत्सव

पचरौता कांग्रेसको पर्वोत्सव: दीपावली र छठको शुभकामनासँगै संगठन सुदृढीकरणमा जोड

३१२पाठक संख्या
४वास्तविक शेयर
३४एङ्गेजमेन्ट स्कोरⓘ
अर्को अंकका लागि ८ views
समाचार सुन्नुहोस्

पचरौता कांग्रेसको पर्वोत्सव: दीपावली र छठको शुभकामनासँगै संगठन सुदृढीकरणमा जोड

बारा । नेपाली कांग्रेस पचरौता नगर समितिले दीपावली, नेपाल संवत् तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न गरेको छ। नगर सभापति इनजाद अन्सारीको अध्यक्षतामा आयोजित कार्यक्रममा पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा नेपाली कांग्रेस बारा जिल्ला सचिव राजेश रौनियारले पार्टी संगठनलाई सुदृढ बनाउँदै जनताका समस्या र आवश्यकतालाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्ने बताए। उनले स्थानीय तहमा जनतासँग प्रत्यक्ष जोडिएर सामाजिक गतिविधि तथा विकास निर्माणका कामलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए।

त्यसैगरी, नेपाली कांग्रेस बारा जिल्ला सहसचिव प्रमोद यादवसहित सहभागी वक्ताहरूले दीपावली, नेपाल संवत् र छठ पर्वले सामाजिक सद्भाव, एकता तथा भाइचारा अभिवृद्धि गर्ने विश्वास व्यक्त गरे। उनीहरूले पर्वका अवसरमा पचरौता नगरवासी, बारा जिल्लावासी तथा देश–विदेशमा रहेका नेपालीहरूमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको कामना गरे।

कार्यक्रममा नगर समितिका पदाधिकारी, विभिन्न वडाका प्रतिनिधि, नेता–कार्यकर्ता तथा स्थानीयवासीहरूको उपस्थिति रहेको थियो। सहभागीहरूले पर्वलाई आपसी सद्भाव र मेलमिलापका साथ मनाउँदै जनताको हकहित तथा विकासका सवालमा सक्रिय रहने प्रतिबद्धता व्यक्त गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।
कलैया अनलाइन
यस समाचारका रिपोर्टर

कलैया अनलाइन

यस रिपोर्टरद्वारा प्रकाशित समाचार र रिपोर्टहरू हेर्नुहोस्।

📰 १२४ प्रकाशित समाचार
प्रोफाइल र सबै समाचार

टिप्पणीहरू

0 प्रकाशित टिप्पणी
अहिलेसम्म कुनै प्रकाशित टिप्पणी छैन।
EN