बारा । पचरौता नगरपालिका–८, बाझोपटीमा मोटर जडान गरिएको धाराबाट पानी खाने क्रममा करेन्ट लागेर २५ वर्षीय राजु देवनको मृत्यु भएको छ।
महागढीमाई नगरपालिका–८ बेतौनाका हकबुला देवनका छोरा राजुलाई असोज १० गते साँझ करिब ६ बजे साथीको घरमा पानी खाने क्रममा करेन्ट लागेको प्रहरीले जनाएको छ। करेन्ट लागेर घाइते भएका उनलाई तत्काल एम्बुलेन्समार्फत प्रादेशिक अस्पताल कलैया पुर्याइएको थियो।
अस्पतालमा चिकित्सकले ECG परीक्षणपछि साँझ ६ः४५ बजे उनलाई मृत घोषणा गरेका थिए। घटनापछि प्रहरी टोली घटनास्थलमा पुगेर मुचुल्कालगायत आवश्यक अनुसन्धान अघि बढाएको थियो।
पोस्टमार्टमपछि असोज ११ गते मृतकका दाइले शव बुझेर लगेका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।











प्रमुख जिल्ला अधिकारीद्वारा कलैया प्रादेशिक अस्पताल अनुगमन
बारामा ट्रक र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते
पथलैयाको जंगलमा अचेत अवस्थामा भेटिए ४२ वर्षीय पुरुष, पहिचान खुल्न सकेन
बारामा श्रीमतीमाथि छुरा प्रहार गरी फरार भएका श्रीमान् वीरगन्जबाट पक्राउ
टिप्पणीहरू
0 प्रकाशित टिप्पणीटिप्पणी र Like गर्न निःशुल्क सदस्य खाता आवश्यक छ।
खाता बनाउनुहोस्लगइन