अविरल वर्षापछि पृथ्वी राजमार्गअन्तर्गत धादिङका विभिन्न सात स्थानमा पहिरो खसेको छ। पहिरोका कारण दुई स्थानमा सडक पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।
कृष्णभिर, परेवाभिर, ज्यामिरेघाट, जहरे, जवाङखोला, तिगराङ खोला र कमेरेभिरमा पहिरो गएको हो। कृष्णभिर र तिगराङ खोलामा दुवैतर्फको सडक अवरुद्ध छ भने अन्य स्थानमा एकतर्फी रूपमा यातायात सञ्चालन भइरहेको छ।
कृष्णभिरमा उपकरण प्रयोग गरी पहिरो हटाउने काम भइरहेको भए पनि निरन्तर वर्षाका कारण सडक तत्काल पूर्ण रूपमा सञ्चालनमा ल्याउन कठिनाइ भइरहेको प्रहरीले जनाएको छ।
यात्रु तथा चालकलाई सडकको अवस्था बुझेर मात्र यात्रा गर्न र जोखिमयुक्त क्षेत्रमा सावधानी अपनाउन आग्रह गरिएको छ।










हुम्लामा ४.२ म्याग्निच्युडको भूकम्प
धनतेरससँगै सुरु भयो तिहार, यसपालि ६ दिन मनाइँदै
बर्खास्तीको निर्णयविरुद्ध पूर्वआईजीपी दानबहादुर कार्की सर्वोच्च अदालतमा
अब कन्टेन्ट क्रिएटर र इन्फ्लुयन्सरलाई पनि पत्रकार आचारसंहिता लागू हुने
टिप्पणीहरू
0 प्रकाशित टिप्पणीटिप्पणी र Like गर्न निःशुल्क सदस्य खाता आवश्यक छ।
खाता बनाउनुहोस्लगइन