काठमाडौं । पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले आफ्नै निवासबाट पक्राउ गरेको छ। डिसी नेपालको समाचारअनुसार, वर्तमान बालेन्द्र शाह नेतृत्वको सरकार गठन भएयता श्रेष्ठ दोस्रो पटक पक्राउ परेका हुन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा कलाकार हिमेश पन्तले श्रेष्ठविरुद्ध जाहेरी दिएका थिए। पन्तको परिवारले जग्गा कब्जा गरेको भन्ने विषयमा समाचार प्रकाशित भएपछि उनीविरुद्ध जाहेरी परेको बताइएको छ।
यद्यपि, श्रेष्ठलाई अहिले कुन जाहेरीका आधारमा पक्राउ गरिएको हो भन्नेबारे प्रहरीले आधिकारिक जानकारी सार्वजनिक गरेको छैन।
श्रेष्ठलाई पक्राउ गरेपछि साइबर ब्युरो लगिँदै गरेको समाचारमा उल्लेख छ। पक्राउको कारण र घटनासम्बन्धी थप विवरण भने प्रहरीले औपचारिक रूपमा पुष्टि गर्न बाँकी छ।











हुम्लामा ४.२ म्याग्निच्युडको भूकम्प
धनतेरससँगै सुरु भयो तिहार, यसपालि ६ दिन मनाइँदै
बर्खास्तीको निर्णयविरुद्ध पूर्वआईजीपी दानबहादुर कार्की सर्वोच्च अदालतमा
अब कन्टेन्ट क्रिएटर र इन्फ्लुयन्सरलाई पनि पत्रकार आचारसंहिता लागू हुने
टिप्पणीहरू
0 प्रकाशित टिप्पणीटिप्पणी र Like गर्न निःशुल्क सदस्य खाता आवश्यक छ।
खाता बनाउनुहोस्लगइन