1KalaiyaOnlineतराइ-मधेशको ताजा समाचार...
तपाईंको शहर, तपाईंको समाचारKalaiyaOnline.Com · सत्य, तथ्य र निष्पक्ष समाचार
⚙️ व्यवस्थापन

भिडियो सार्वजनिक गर्ने धम्की दिँदै रकम असुल्न खोजेको आरोपमा चार जना पक्राउ

२२०पाठक संख्या
४वास्तविक शेयर
२५एङ्गेजमेन्ट स्कोरⓘ
अर्को अंकका लागि १० views
समाचार सुन्नुहोस्

भिडियो सार्वजनिक गर्ने धम्की दिँदै रकम असुल्न खोजेको आरोपमा चार जना पक्राउ

धनुषा प्रहरीले एक बालिका र युवकको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरिदिने धम्की दिँदै रकम असुल्न खोजेको आरोपमा चार जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका–२० का २३ वर्षीय सुकन महतो, २६ वर्षीय सन्तोषकुमार दास, २२ वर्षीय पनेशकुमार महतो र ३० वर्षीय सुजित महतो रहेका छन्।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालका अनुसार आरोपितहरूले जनकपुरधाम उपमहानगरपालिका–२० मा एक बालिका र युवकलाई घेरा हाली दुर्व्यवहार गरेको तथा त्यसको भिडियो खिचेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

प्रहरीका अनुसार उक्त भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरिदिने धम्की दिँदै आरोपितहरूले बालिकाका अभिभावकसँग रकम मागेका थिए। फोनमार्फत धम्क्याएर मोबाइल बैंकिङबाट ६ हजार रुपैयाँसमेत ट्रान्सफर गर्न लगाएको प्रहरीको भनाइ छ।

पक्राउ परेका चारै जनाको साथबाट प्रहरीले ज १२ प ७७७७ र मधेस प्रदेश ०२–०१ प २९०२ नम्बरका दुई मोटरसाइकल बरामद गरेको जनाएको छ।

आरोपितहरूविरुद्ध मुलुकी अपराध संहिताअनुसार आपराधिक लाभ लिन नहुने तथा बाल यौन दुरुपयोगसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ। थप अनुसन्धानका लागि अदालतबाट म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जम्मा 1 जनाको प्रतिक्रिया
कलैया अनलाइन
यस समाचारका रिपोर्टर

कलैया अनलाइन

यस रिपोर्टरद्वारा प्रकाशित समाचार र रिपोर्टहरू हेर्नुहोस्।

📰 १२४ प्रकाशित समाचार
प्रोफाइल र सबै समाचार

टिप्पणीहरू

0 प्रकाशित टिप्पणी
अहिलेसम्म कुनै प्रकाशित टिप्पणी छैन।
EN