नेपाल प्रिमियर लिग (एनपीएल) का सबै खेलले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट लिस्ट ए टी–२० को आधिकारिक मान्यता पाएका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले विज्ञप्ति जारी गर्दै प्रतियोगिताका सम्पूर्ण खेलले यस्तो मान्यता प्राप्त गरेको जानकारी दिएको हो।
क्यानका अनुसार एनपीएलको तेस्रो संस्करण सन् २०२६ अक्टोबर २६ देखि नोभेम्बर २१ सम्म काठमाडौंको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सञ्चालन हुनेछ। यसअघि एनपीएलले आईसीसीको मान्यता पाएको जानकारी सार्वजनिक भएको थियो। प्रतियोगिताका सबै खेलले लिस्ट ए टी–२० को मान्यता पाएको विषयमा भने क्यानले छुट्टै जानकारी दिएको हो।
यो मान्यताले नेपाली फ्रेन्चाइज क्रिकेटलाई अन्तर्राष्ट्रिय स्तरमा थप स्थापित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। यसबाट प्रतियोगिताको व्यावसायिकता र विश्व क्रिकेटमा नेपालको पहिचान बढाउन पनि मद्दत पुग्ने क्यानको विश्वास छ।
एनपीएलमा अन्तर्राष्ट्रिय स्तरका खेलाडीको सहभागिता र प्रतिस्पर्धाले प्रतियोगितालाई थप आकर्षक बनाउने अपेक्षा गरिएको छ। आईसीसीको आधिकारिक मान्यताले लिगको विश्वसनीयता बढाउनुका साथै नेपाली खेलाडीलाई विदेशी खेलाडीसँग एउटै प्रतियोगितामा खेल्दै अनुभव बटुल्ने अवसरसमेत प्रदान गर्नेछ।











एनपीएलमा चितवनलाई ५ विकेटले हराउँदै सुदूरपश्चिमको दोस्रो जित
एनपीएलमा जनकपुर बोल्ट्सको शानदार जित, काठमाडौं गोर्खाज ८ विकेटले पराजित
एनपीएल आजदेखि सुरु हुँदै, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्ने
कलैया क्रिकेट क्लबको अध्यक्षमा अनिल चौगाईं सर्वसम्मत चयन
टिप्पणीहरू
0 प्रकाशित टिप्पणीटिप्पणी र Like गर्न निःशुल्क सदस्य खाता आवश्यक छ।
खाता बनाउनुहोस्लगइन