चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले सरकारले वार्ताका लागि पठाएको टोलीसँग छलफल गर्न अस्वीकार गरेका छन्। बुधबार साँझ वार्ताका लागि शिक्षण अस्पताल पुगेको सरकारी टोलीलाई उनले आफ्ना पूर्वसर्त र अडान स्पष्ट पार्दै फिर्ता पठाएका हुन्।
डा. केसीले शिक्षा मन्त्री वा प्रधानमन्त्रीको नेतृत्वमा गठन भएको टोलीसँग मात्रै वार्ता गर्ने बताएका छन्। यसअघि २०८३ साउन ११ गते सरकारसँग भएको सहमतिमा दुई जना सचिवले हस्ताक्षर गरे पनि राजनीतिक नेतृत्वले त्यसलाई अपनत्व नलिएको र कार्यान्वयन प्रक्रिया अघि नबढाएको उनको भनाइ छ।
उनले विगतका सहमति तथा आगामी सम्झौतासमेत कार्यान्वयन गर्ने अधिकार प्राप्त राजनीतिक नेतृत्वको सहभागिता अनिवार्य रहेको स्पष्ट पारेका छन्।
त्यस्तै, नयाँ वार्तामा बस्नुअघि अघिल्लो सत्याग्रहका क्रममा सरकारसँग भएका सहमति कार्यान्वयन हुनुपर्ने उनको अर्को सर्त छ। पुराना सहमति कार्यान्वयन नभएसम्म नयाँ वार्ता अघि बढाउन नसकिने अडान राख्दै डा. केसीले आफ्नो मागबाट पछि नहट्ने बताएका छन्।
सरकारी टोलीलाई समेत यही सन्देश दिएर उनले वार्ताका लागि राजनीतिक तहबाटै जिम्मेवार प्रतिनिधि पठाउनुपर्ने बताएका छन्।











हुम्लामा ४.२ म्याग्निच्युडको भूकम्प
धनतेरससँगै सुरु भयो तिहार, यसपालि ६ दिन मनाइँदै
बर्खास्तीको निर्णयविरुद्ध पूर्वआईजीपी दानबहादुर कार्की सर्वोच्च अदालतमा
अब कन्टेन्ट क्रिएटर र इन्फ्लुयन्सरलाई पनि पत्रकार आचारसंहिता लागू हुने
टिप्पणीहरू
0 प्रकाशित टिप्पणीटिप्पणी र Like गर्न निःशुल्क सदस्य खाता आवश्यक छ।
खाता बनाउनुहोस्लगइन