1KalaiyaOnlineतराइ-मधेशको ताजा समाचार...
तपाईंको शहर, तपाईंको समाचारKalaiyaOnline.Com · सत्य, तथ्य र निष्पक्ष समाचार
⚙️ व्यवस्थापन

दसैँको टीका लगाउने क्रम जारी, आफन्तकहाँ जानेको चहलपहल

१६२पाठक संख्या
३वास्तविक शेयर
१८एङ्गेजमेन्ट स्कोरⓘ
अर्को अंकका लागि ८ views
समाचार सुन्नुहोस्

दसैँको टीका लगाउने क्रम जारी, आफन्तकहाँ जानेको चहलपहल

बडादसैँअन्तर्गत विजयादशमीको  दोश्रो दिन  अन्तर्गत आज एकादशीका दिन पनि देशभर मान्यजनको हातबाट टीका र जमरा लगाउने क्रम जारी छ। विजयादशमीका दिन टीका लगाउन नभ्याएका तथा टाढा रहेका आफन्त र मान्यजनकहाँ पुग्नेहरू बिहानैदेखि टीका थाप्न जाने गरेका छन्।

दसैँमा मान्यजनले आफूभन्दा सानालाई निधारमा रातो टीका र कानमा जमरा लगाइदिँदै सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु र प्रगतिको आशीर्वाद दिने परम्परा छ। यही परम्पराअनुसार परिवार तथा आफन्तजनबीच भेटघाट गर्ने र खुसी साटासाट गर्ने क्रम चलिरहेको छ।

विजयादशमीदेखि सुरु भएको टीका लगाउने क्रम कोजाग्रत पूर्णिमासम्म जारी रहने धार्मिक मान्यता छ। काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा आफन्तकहाँ टीका थाप्न जानेहरूको चहलपहलले दसैँको उत्सवलाई निरन्तरता दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।
कलैया अनलाइन
यस समाचारका रिपोर्टर

कलैया अनलाइन

यस रिपोर्टरद्वारा प्रकाशित समाचार र रिपोर्टहरू हेर्नुहोस्।

📰 १२४ प्रकाशित समाचार
प्रोफाइल र सबै समाचार

टिप्पणीहरू

0 प्रकाशित टिप्पणी
अहिलेसम्म कुनै प्रकाशित टिप्पणी छैन।
EN