काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि विपद् प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी रहेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार दुवै कोषका विभिन्न खातामा रहेको मौज्दात रकम कुल १७ अर्ब ५४ करोड ४२ लाख ८९ हजार ६७८ रुपैयाँ पुगेको छ।
कार्यालयका अनुसार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका विभिन्न नौवटा वाणिज्य बैंकमा नेपाली रुपैयाँमा रहेको मौज्दात १२ अर्ब ९५ करोड १६ लाख ३१ हजार २०१ रुपैयाँ पुगेको छ।
त्यसैगरी, हिमालयन बैंक र लक्ष्मी सनराइज बैंकमा रहेका अमेरिकी डलर खातामा २ करोड ९७ लाख २९ हजार ९७२ अमेरिकी डलर मौज्दात रहेको छ।
बाढी प्रभावित क्षेत्रका लागि सरकारले उक्त कोषमा जम्मा भएको रकममध्ये यसअघि नै एक अर्ब रुपैयाँ निकासा गरिसकेको छ। विपद् प्रभावित नागरिकलाई राहत उपलब्ध गराउने उद्देश्यले कोषमा आर्थिक सहयोग संकलन हुने क्रम अझै जारी रहेको छ।
कोषमा ठूलो रकम मौज्दात रहेसँगै विपद् प्रभावित क्षेत्रमा राहत वितरण, उद्धार तथा पुनःस्थापनाका लागि उपलब्ध स्रोतको प्रभावकारी उपयोग महत्त्वपूर्ण हुने देखिन्छ। प्रभावित नागरिकले आवश्यक सहयोग समयमै पाउने गरी रकम परिचालन गर्नु सरकारका लागि प्रमुख जिम्मेवारी हुनेछ।











हुम्लामा ४.२ म्याग्निच्युडको भूकम्प
धनतेरससँगै सुरु भयो तिहार, यसपालि ६ दिन मनाइँदै
बर्खास्तीको निर्णयविरुद्ध पूर्वआईजीपी दानबहादुर कार्की सर्वोच्च अदालतमा
अब कन्टेन्ट क्रिएटर र इन्फ्लुयन्सरलाई पनि पत्रकार आचारसंहिता लागू हुने
टिप्पणीहरू
0 प्रकाशित टिप्पणीटिप्पणी र Like गर्न निःशुल्क सदस्य खाता आवश्यक छ।
खाता बनाउनुहोस्लगइन