बारा । दीपावली तथा छठ पर्वलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय बाराले सिर्सिया नदीमा प्रदूषण नगर्न उद्योग, औद्योगिक प्रतिष्ठान तथा स्थानीयवासीलाई आग्रह गरेको छ।
जिल्ला प्रशासन कार्यालय बाराले बिहीबार सार्वजनिक सूचना जारी गर्दै जितपुरसिमरा उपमहानगरपालिकाका वडा नं. १, २, ३, ४, ७, ८, ९, १०, २३ र २४ को दक्षिणतर्फबाट बग्ने सिसिया नदीलाई स्वच्छ र प्रदूषणमुक्त राख्न आग्रह गरेको हो।
छठ पर्वका अवसरमा नदी तथा घाटमा पूजापाठ, स्नान र धार्मिक अनुष्ठान गर्ने परम्परा रहेकाले नदीको सरसफाइ र पवित्रता कायम राख्नु सबैको साझा जिम्मेवारी भएको प्रशासनले जनाएको छ। नदी आसपास सञ्चालनमा रहेका उद्योग तथा औद्योगिक प्रतिष्ठानबाट निस्कने प्रदूषणजन्य फोहोरमैला र विषाक्त रसायन नदीमा मिसाउने, विसर्जन गर्ने वा प्रवाह गर्ने कार्य नगर्न सूचनामार्फत निर्देशन दिइएको छ।
प्रशासनले नदी आसपासका क्षेत्रमा सरसफाइ कायम राख्न, फोहोर तथा ढलको उचित व्यवस्थापन गर्न र नदी प्रदूषण नियन्त्रणसम्बन्धी प्रचलित कानुनी पूर्ण पालना गर्न सम्बन्धित सबै पक्षलाई आग्रह गरेको छ।
निर्देशनविपरीत नदी प्रदूषण गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही गरिने चेतावनीसमेत जिल्ला प्रशासन कार्यालय बाराले दिएको छ। सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईद्वारा जारी सूचनामा दीपावली तथा छठ पर्वका बेला सिसिया नदीलाई स्वच्छ राख्न सबैको सहयोग आवश्यक रहेको उल्लेख गरिएको छ।












प्रमुख जिल्ला अधिकारीद्वारा कलैया प्रादेशिक अस्पताल अनुगमन
बारामा ट्रक र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते
पथलैयाको जंगलमा अचेत अवस्थामा भेटिए ४२ वर्षीय पुरुष, पहिचान खुल्न सकेन
बारामा श्रीमतीमाथि छुरा प्रहार गरी फरार भएका श्रीमान् वीरगन्जबाट पक्राउ
टिप्पणीहरू
0 प्रकाशित टिप्पणीटिप्पणी र Like गर्न निःशुल्क सदस्य खाता आवश्यक छ।
खाता बनाउनुहोस्लगइन