1KalaiyaOnlineतराइ-मधेशको ताजा समाचार...
तपाईंको शहर, तपाईंको समाचारKalaiyaOnline.Com · सत्य, तथ्य र निष्पक्ष समाचार
⚙️ व्यवस्थापन
जितपुरसिमरा

बाराको जितपुरसिमरामा कुलोमा पुरुषको शव फेला

३१६पाठक संख्या
६वास्तविक शेयर
३६एङ्गेजमेन्ट स्कोरⓘ
अर्को अंकका लागि ४ views
समाचार सुन्नुहोस्

बाराको जितपुरसिमरामा कुलोमा पुरुषको शव फेला
बाराको जितपुरसिमरा उपमहानगरपालिका–७ मा बुधबार बिहान कुलोमा एक पुरुषको शव फेला परेको छ। मृतकको उमेर करिब ५५ वर्ष रहेको जनाइएको छ।

स्थानीयका अनुसार मृतक जितपुर निवासी हरिनारायण सहनी (बिल्टु) हुन्। उनी मंगलबार राति घर नफर्किएपछि परिवारले खोजी गरिरहेको थियो। बुधबार बिहान उनकी श्रीमतीले कुलोमा शव देखेपछि स्थानीयलाई खबर गरेकी थिइन्। घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय सिमराबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। 

स्थानीय सञ्चारकर्मी मनोज साहका अनुसार प्रहरीले घटनाबारे जानकारी संकलन गरिरहेको छ। पुरुषको मृत्यु कुन कारणले भएको हो भन्नेबारे अहिलेसम्म खुल्न सकेको छैन। घटनाबारे थप विवरण आउन बाँकी रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।
कलैया अनलाइन
यस समाचारका रिपोर्टर

कलैया अनलाइन

यस रिपोर्टरद्वारा प्रकाशित समाचार र रिपोर्टहरू हेर्नुहोस्।

📰 १२४ प्रकाशित समाचार
प्रोफाइल र सबै समाचार

टिप्पणीहरू

0 प्रकाशित टिप्पणी
अहिलेसम्म कुनै प्रकाशित टिप्पणी छैन।
EN