बारा — राष्ट्रिय स्वाभिमान र देशप्रेमको भावना झल्काउँदै बाराका युवाहरूले च्यातिएको राष्ट्रिय झण्डा हटाएर नयाँ झण्डा फहराएका छन्।
नेपाल–भारत सीमावर्ती क्षेत्रअन्तर्गत कलैया उपमहानगरपालिका–१० मटिअर्वामा रहेको पुरानो राष्ट्रिय झण्डा च्यातिएको अवस्थामा देखेपछि GenZ & Youth of Bara का युवाहरूले नयाँ झण्डा राखेका हुन्। संस्थाका अध्यक्ष सौरभ पाण्डेयको नेतृत्वमा युवाहरूले आफ्नै पहलमा झण्डा परिवर्तन गरेका थिए।
दसैँ–तिहारजस्ता ठूला पर्वका समयमा समेत राष्ट्रिय झण्डा जीर्ण अवस्थामा रहेको देखेपछि त्यसलाई फेर्ने निर्णय गरिएको जनाइएको छ। युवाहरूको यस कार्यलाई राष्ट्रिय झण्डाप्रतिको सम्मान र नागरिक जिम्मेवारीसँग जोडेर हेरिएको छ।
सीमावर्ती क्षेत्र तथा सार्वजनिक स्थानमा राखिएका राष्ट्रिय झण्डाको नियमित निरीक्षण, सरसफाइ र आवश्यकताअनुसार परिवर्तन गर्नुपर्ने आवश्यकता पनि यस घटनाले देखाएको छ। राष्ट्रिय झण्डा देशको पहिचान र स्वाभिमानको प्रतीक भएकाले यसको सम्मान र संरक्षणमा सबैले ध्यान दिनुपर्ने देखिन्छ।











प्रमुख जिल्ला अधिकारीद्वारा कलैया प्रादेशिक अस्पताल अनुगमन
बारामा ट्रक र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते
पथलैयाको जंगलमा अचेत अवस्थामा भेटिए ४२ वर्षीय पुरुष, पहिचान खुल्न सकेन
बारामा श्रीमतीमाथि छुरा प्रहार गरी फरार भएका श्रीमान् वीरगन्जबाट पक्राउ
टिप्पणीहरू
0 प्रकाशित टिप्पणीटिप्पणी र Like गर्न निःशुल्क सदस्य खाता आवश्यक छ।
खाता बनाउनुहोस्लगइन