1KalaiyaOnlineतराइ-मधेशको ताजा समाचार...
तपाईंको शहर, तपाईंको समाचारKalaiyaOnline.Com · सत्य, तथ्य र निष्पक्ष समाचार
⚙️ व्यवस्थापन

रौतहटमा अज्ञात समूहको गोली प्रहारबाट २८ वर्षीय युवक घाइते

१४४पाठक संख्या
३वास्तविक शेयर
१६एङ्गेजमेन्ट स्कोरⓘ
अर्को अंकका लागि ६ views
समाचार सुन्नुहोस्

रौतहटमा अज्ञात समूहको गोली प्रहारबाट २८ वर्षीय युवक घाइते

रौतहटको सदरमुकाम गौरमा अज्ञात समूहले गोली प्रहार गर्दा एक युवक घाइते भएका छन्। गौर नगरपालिका–४ गढवा टोलस्थित पानी ट्यांकी नजिक मंगलबार राति भएको घटनामा स्थानीय २८ वर्षीय राकेश यादव घाइते भएका हुन्।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार राति करिब ९:१५ बजे यादवमाथि गोली प्रहार भएको थियो। गोलीका छर्रा लागेर उनको ढाडमा तीन, दाहिने पाखुरामा एक तथा दुवै खुट्टामा दुई गरी शरीरका विभिन्न भागमा छवटा चोट लागेको छ।

घटनालगत्तै उनलाई उद्धार गरी प्रादेशिक अस्पताल गौर पुर्‍याइएको थियो। त्यहाँ प्रारम्भिक उपचारपछि थप उपचारका लागि वीरगञ्जस्थित नेपाल मेडिसिटी बयोधा अस्पताल पठाइएको प्रहरीले जनाएको छ। घाइते यादवको अवस्था गम्भीर रहेको बताइएको छ।

प्रहरीले घटनास्थलबाट ७.६२ एमएम पेस्तोलका तीनवटा खाली खोका फेला पारेको जनाएको छ।

यादवमाथि गोली प्रहार गर्ने व्यक्ति वा समूहको पहिचान हुन सकेको छैन। घटनाको कारणसमेत खुल्न नसकेको प्रहरीले जनाएको छ। घटनामा संलग्न व्यक्तिहरूको खोजी तथा घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।
कलैया अनलाइन
यस समाचारका रिपोर्टर

कलैया अनलाइन

यस रिपोर्टरद्वारा प्रकाशित समाचार र रिपोर्टहरू हेर्नुहोस्।

📰 १२३ प्रकाशित समाचार
प्रोफाइल र सबै समाचार

टिप्पणीहरू

0 प्रकाशित टिप्पणी
अहिलेसम्म कुनै प्रकाशित टिप्पणी छैन।
EN