सर्लाहीको बागमती नगरपालिका–१२ बथनियास्थित भित्री सडकमा मोटरसाइकल दुर्घटना हुँदा १६ वर्षीय राजिव तामाङको मृत्यु भएको छ। उनी बागमती नगरपालिका–४ नयाँबस्तीका बासिन्दा थिए ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वेदप्रसाद गौतमका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका तामाङलाई बारास्थित एसएल न्युरो अस्पताल लगिएको थियो। अस्पताल पुर्याउनेबित्तिकै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
टिप्पणीहरू
0 प्रकाशित टिप्पणीटिप्पणी र Like गर्न निःशुल्क सदस्य खाता आवश्यक छ।
खाता बनाउनुहोस्लगइन