सरकारले देशभरका करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाउने तयारी गरेको छ। दसैँका कारण नियमित तालिकामा परिवर्तन भएपछि यस वर्षको पहिलो चरणको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम आगामी कात्तिक १७ र १८ गते सञ्चालन हुने भएको छ।
स्वास्थ्य सेवा विभागको पोषण शाखाका प्रमुख लीला विक्रम थापाका अनुसार ६ महिनादेखि ५ वर्षमुनिका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइनेछ। यसैगरी, एक वर्षदेखि ५ वर्षमुनिका करिब २० लाख बालबालिकालाई जुकाको औषधि खुवाउने तयारी गरिएको छ। कार्यक्रमका लागि आवश्यक भिटामिन ‘ए’ क्याप्सुल प्रदेशका स्वास्थ्य आपूर्ति केन्द्रहरूमा पठाइसकिएको छ।
अभियान सञ्चालन गर्न देशभर करिब ५२ हजार महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका र १० हजार स्वास्थ्यकर्मी परिचालन गरिनेछ। सरकारले बालबालिकामा भिटामिन ‘ए’ को कमीबाट हुने स्वास्थ्य समस्या र कुपोषणको जोखिम घटाउने उद्देश्यले नियमित रूपमा यो कार्यक्रम सञ्चालन गर्दै आएको छ।
सरकारले २०५० सालदेखि नियमित रूपमा भिटामिन ‘ए’ खुवाउने कार्यक्रम सञ्चालन गर्दै आएको छ भने २०५६ सालदेखि जुकाको औषधि वितरण गर्न थालेको हो। अभिभावकलाई आफ्ना उमेर पुगेका बालबालिकालाई तोकिएको मितिमा नजिकैको वितरण केन्द्रमा लगेर भिटामिन ‘ए’ र आवश्यकताअनुसार जुकाको औषधि खुवाउन आग्रह गरिएको छ।











हुम्लामा ४.२ म्याग्निच्युडको भूकम्प
धनतेरससँगै सुरु भयो तिहार, यसपालि ६ दिन मनाइँदै
बर्खास्तीको निर्णयविरुद्ध पूर्वआईजीपी दानबहादुर कार्की सर्वोच्च अदालतमा
अब कन्टेन्ट क्रिएटर र इन्फ्लुयन्सरलाई पनि पत्रकार आचारसंहिता लागू हुने
टिप्पणीहरू
0 प्रकाशित टिप्पणीटिप्पणी र Like गर्न निःशुल्क सदस्य खाता आवश्यक छ।
खाता बनाउनुहोस्लगइन