बारा । बाराबाट रौतहटतर्फ जाँदै गरेको भारतीय मोटरसाइकलबाट स्रोत नखुलेको १० लाख रुपैयाँ नगद बरामद भएको छ। प्रहरीले रकमसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।
कात्तिक १६ गते दिउँसो करिब १२ः२० बजे रौतहटको बौधीमाई नगरपालिका–७ बंकुलस्थित सडकखण्डमा बाराबाट रौतहटतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेट BR05AF3787 को मोटरसाइकललाई प्रहरी चौकी बंकुलबाट खटिएको गस्ती टोलीले शङ्का लागेर जाँच गरेको थियो।
प्रहरी सहायक निरीक्षक रमेश यादवको कमान्डमा खटिएको टोलीले जाँच गर्ने क्रममा मोटरसाइकलको फिल्टरभित्र लुकाएर राखिएको अवस्थामा उक्त रकम फेला पारेको हो।
बरामद रकममा एक हजार रुपैयाँ दरका ५९३ थान र पाँच सय रुपैयाँ दरका ८१४ थान नोट रहेका छन्। प्रहरीले स्रोत नखुलेको रकम, मोटरसाइकल र चालकलाई नियन्त्रणमा लिएको जनाएको छ।
पक्राउ पर्नेमा भारतको बिहार राज्यअन्तर्गत मोतिहारी जिल्ला, घोडसन ग्रामका अन्दाजी ३३ वर्षीय टुना दास रहेका छन्। उनलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।











प्रमुख जिल्ला अधिकारीद्वारा कलैया प्रादेशिक अस्पताल अनुगमन
बारामा ट्रक र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते
पथलैयाको जंगलमा अचेत अवस्थामा भेटिए ४२ वर्षीय पुरुष, पहिचान खुल्न सकेन
बारामा श्रीमतीमाथि छुरा प्रहार गरी फरार भएका श्रीमान् वीरगन्जबाट पक्राउ
टिप्पणीहरू
0 प्रकाशित टिप्पणीटिप्पणी र Like गर्न निःशुल्क सदस्य खाता आवश्यक छ।
खाता बनाउनुहोस्लगइन